• २०८१ बैशाख १५ शनिबार

राप्रपा प्रजातान्त्रिकमा पदाधिकारी मनोनयन, रेखा थापाको घोषणा पछि हुने

kharibot

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) अध्यक्ष पशुपतिशम्शेर जवराले दीपक बोहरालाई वरिष्ठ उपाध्यक्षमा मनोनयन गरेका छन्  । 

पार्टीको विधानअनुसार दुर्गा श्रेष्ठ र केशरबहादुर विष्टलाई उपाध्यक्षमा मनोनयन गरेका छन्  भने महामन्त्रीमा राजाराम श्रेष्ठ तथा प्रवक्तामा प्रदीप उदय र किशोरबहादुर कार्कीलाई जिम्मेवारी दिएका छन् । 

यहाँ आज आयोजित कार्यक्रममा अध्यक्ष राणाले नवनियुक्त पदाधिकारीलाई स्वागत गर्दै आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा प्रजातान्त्रिक गठबन्धनलाई विजयी गराउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । 

उनले इतिहासमा पहिलोपटक लोकतान्त्रिक र वामपन्थी दुई धारमा राजनीतिक धु्रवीकरण भएको बताउँदै जनताको राजनीतिक अधिकारलाई प्रजातान्त्रिक धारले मात्र संरक्षण गर्न सक्ने विचार व्यक्त गरे । 

यसैबीच अभिनेत्री रेखा थापा भने आजको मनोनयनमा परेकी छैनन् तर राप्रपा प्रजातान्त्रिकका महामन्त्री राजाराम श्रेष्ठले खरीबोटसँग कुरा गर्दै रेखा थापालाई सहमहामन्त्री दिने निधो भइसकेको र केहि दिन भित्र घोषणा गरिने जानकारी दिए । 

नवनियुक्त पदाधिकारीले आजै पदबहाली गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय