• २०८१ बैशाख १८ मंगलबार

अदालतका नासु १ लाख २५ हजार घुससहित अख्तियारको नियन्त्रणमा

kharibot

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काभ्रेमा नायब सुब्बा पदमा कार्यरत राजेन्द्र खत्रीलाई १ लाख २५ हजार घुससहित सोमबार नियन्त्रणमा लिएको छ । अंगभंग मुद्दाको थुनछेकको क्रममा सेवाग्राहीलाई त्रासमा पारेर काम मिलाइदिन रकम लिइसकेको अवस्थामा आयोगको टोलीले खत्रीलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध सोही रकम बराबरको जरिवाना र कानुनअनुसार कैद सजाय मागदाबीसहित अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

यसैबीच, आन्तरिक राजस्व कार्यालय जनकपुरमा कम्प्युटर अपरेटरमा कार्यरत राम किशोर महतोलाई पनि ३२ हजार रकम घुस लिँदै गर्दा कार्यालयनजिकैबाट आयोगको टोलीले सोमबार नै पक्राउ गरेको छ ।

पसल दर्ता बन्द गर्न गएका सेवाग्राहीसँग घुस लिने क्रममा नगदसहित महतो रंगेहात पक्राउ परेको अख्तियारले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय