• २०८१ बैशाख १७ सोमबार

नेप्सेमा उछाल : बीमा सूचक एकै दिन दुुई सय ६४ अंकले बढ्यो

kharibot

काठमाडौं । बीमा समूहको सूचकमा एकै दिन दुुई सय ६४ अंकको वृद्धि देखिएको छ । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से सूचक तथा कारोबार रकम दुुबै नै उच्च अंकले बढेको छ । आज कुुल आठ वटा समूहको कारोबार भएकोमा टेडिङ समूहको सूचक चार दशमलव २२ अंकले घटेको देखिपनि बाँकी समूहको सूचक उच्च अंंकले बढ्दा सिंगो नेप्से सकारात्मक देखिएको छ ।

नेप्से ४६ दशमलव ६२ अंकले बढेर १५ सय ६४ दशमलव ९० विन्दुुमा पुुगेको छ भने सेन्सिटिभ १० दशमलव २१ अंकले बढेर तीन सय २९ दशमलव ४१ विन्दुमा पुुगेको छ । आज एक सय ६३ कम्पनीहरुको चार हजार चार सय वटा कारोबारमा १४ लाख ५६ हजार छ सय ३७ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कारोबार रकम ६० करोड ५० लाख ७६ हजार दुुई सय ४२ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज सबैगरी आठ वटा समूहको कारोबार भएकोमा सात वटा समूहको सूचक बढेर एउटाको घटेको छ । बीमा समूहको सूचक दुुई सय ६४ दशमलव ७५ अंकले बढेर आठ हजार पाँच सय ३८ दशमलव पाँच विन्दुुमा चढेकोमा नौ करोड ७६ लाख नौ हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बाँणिज्य बैंक समूहको सूचक ४८ दशमलव ६६ अंकले बढेर १३ सय ५३ दशमलव १३ विन्दुुमा चढेकोमा २८ करोड २४ लाख २४ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ  ।

जलविद्युत् समूहको सूचक पनि ५२ दशमलव ५५ अंकले बढेर १८ सय ५१ दशमलव ९५ विन्दुुमा चढेकोमा पाँच करोड ३५ लाख ३१ हजार छ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । विकास बैंक समूहको सूचक पनि ५७ दशमलव ३६ अंकले बढेर १९ सय नौ दशमलव ५४ विन्दुमा चढेकोमा आठ करोड नौ लाख ३७ हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

आज होटल, फाइनान्स र अन्य समूहको सूचक क्रमश ७८ दशमलव पाँच, नौ दशमलव नौ र शून्य दशमलव २८ अंकले बढेका छन् भने टे«ेडिङ समूहको सूचक चार दशमलव २२ अंकले घटेको छ ।

आज बढी कमाउने कम्पनीको सूचीमा परेको कर्णाली विकास बैंकको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ९६ पैसाले बढेर दुुई सय ७६ रुपैयाँमा कारोबार भएको छ भने बढी गुुमाउने कम्पनीको सूचीमा परेको बिशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मूल्य दुुई रुपैयाँ ३३ पैसाले घटेर दुुई हजार ९४ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ । 

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको बैंक अफ काठमाडौको चार सय ४५ रुपैयाँ अन्तिम मूल्यमा १० करोड ८५ लाख ३४ हजार सात सय छ रुपैयाँको सेयर किनबेच भएको छ ।

यसैगरी बुुटवल पावर कम्पनीको पनि आज छ सय ४६ रुपैयाँ अन्तिम मूल्यमा दुई करोड ५२ लाख ४८ हजार दुुई सय १० रुपैैयाँको सेयर खरिद बिक्री भएको छ ।  

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय