• २०८१ बैशाख १६ आइतबार

पिएसजी गएपछि नेइमारले भने- ‘मेसीजस्तो अर्को खेलाडी बाचुन्जेल देख्न पाउने छैन’ 

kharibot

नेइमार र मेसी ला लिगाको खेलका क्रममा , फाइल तस्विर

बार्सिलोना छोडेका ब्राजिलियन खेलाडी नेइमारले बार्सिलोना र क्लबका फ्यानहरुलाई भावनात्मक सन्देश दिएका छन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो सन्देश पोष्ट गर्दै नेइमारले आफ्ना लागि बार्सिलोना क्लब मात्र भन्दाबढी रहेको उल्लेख गरेका छन् । आफु २१ बर्षको हुँदा बार्सिलोनामा आएको सम्झिदै आफ्नो बच्चै देखिको सपना बार्सिलोना आएर पुरा भएको बताएका छन् । खेलाडीको जीवन चुनौतीपूर्ण हुने भन्दै नेइमारले केहि चुनौती दिइन्छ भने कुनै चुनौती आफुले लिनुपर्ने बताएका छन् ।

आफ्ना सहकर्मी साथी लियोनेल मेसीको बारेमा नेइमारले मेसिसँग खेल्न पाउनु सम्मानको विषय भएको बताउदै मेसीजस्तो उत्कृष्ट खेलाडी आफुले आफ्नो जीवनमा अहिलेसम्म नदेखेको र आफु बाचुन्जेल शायद देख्न नसक्ने बताएका छन् ।

आफुले दोस्रो पटक आफ्ना पिताको कुरा काटेर पिएसजी आउने निर्णय गरेको भन्दै आफ्ना पितालाई आफुलाई सधै झैँ सहयोग गर्न आग्रह गरेका छन् । 

पिएसजीले मेरो क्यारियरको बारेमा राखेको प्रस्ताव र पिएसजीको महत्वकांक्षादेखि आफु प्रभावित भएर पिएसजी आउने निर्णय गरेको बताउदै नेइमारले पिएसजीका लागि आफुले सबै प्रयास गर्ने बताए । यो निकै गार्हो निर्णय भएको भन्दै नेइमारले यो निर्णय परिपक्क ढंगले लिएको बताए ।

आफ्ना शुभचिन्तकहरुलाई पहिला जस्तै माया गर्न आग्रह गर्दै नेइमारले आफुले पिएसजीमा आफ्नो क्यारियरलाई अगाडी बढाउन मेहनत गर्ने प्रतिबद्धता जाहेर गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै