• २०८१ बैशाख १५ शनिबार

रियाद सिजन कपमा रोनाल्डो र मेसी आमने सामने हुने

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी फेरी एक पटक आमने सामने हुने भएका छन् ।

अल नासर र इन्टर मियामी आगामी फेब्रुअरीमा रियाद सिजन कप खेल्ने भएकासँगै रोनाल्डो र मेसी आमने सामने हुने भएका हुन् ।

'द लास्ट डान्स' नाम दिइएको रियाद सिजन कपमा अल नासर, इन्टर मियामी र अल हिलाल सहभागी हुने भएका छन् । यो प्रतियोगिता फेब्रुअरी, २०२४ को पहिलो सातामा हुने घोषणा गरिएको छ । 

अल हिलाल खेल्ने भएपनि नेइमार भने इन्जुरीका कारण टिममा नरहेकाले यो प्रतियोगिता खेल्ने छैनन् ।

यस प्रतियोगितामा तीन खेल हुनेछन । जसमा अल नासर र अल हिलाल, अल नासर र इन्टर मियामी तथा अल हिलाल र इन्टर मियामी खेल्ने छन् । यी तीन खेलमा शिर्ष स्थानमा रहने टिमले यो उपाधि जित्ने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै