• २०८१ बैशाख १५ शनिबार

फेरी घाइते भए नेइमार

kharibot

काठमाडौँ । अल हिलालबाट खेल्ने ब्राजिलका सुपरस्टार नेइमार फेरी घाइते भएका छन् । बुधबार बिहान सम्पन्न विश्वकप छनौट अन्तर्गतको उरुग्वेविरुद्धको खेलमा नेइमार घाइते भएका हुन् ।

खेलको पहिलो हाफको केही समय अघि, नेइमार बलको लागि लड्दै गर्दा अप्ठ्यारो रूपमा लडेका थिए । उनलाई स्ट्रेचरबाट मैदान बाहिर निकालियो र उनी बाहिरिँदा रोइरहेको देखिन्थ्यो ।

नेइमार हालै लामो समयको चोटबाट फर्किएका थिए । खुट्टाको लिगामेन्ट अप्रेशन पछि उनी पाँच महिना मैदान बाहिर थिए ।

उनको चोट कति गम्भीर छ भन्ने विवरण आउन भने बाँकी छ । त्यसैगरी ब्राजिलले यो खेल उरुग्वेसँग २-० अन्तरले हार्न पुग्यो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै