• २०८१ बैशाख १५ शनिबार

एमाले सप्तरीद्वारा उम्मेदवारको नाम सिफारिस, को को परे ?

kharibot

राजविराज । नेकपा (एमाले) सप्तरीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । 

प्रतिनिधिसभाका लागि क्षेत्र नं ३ बाट वर्तमान सांसद ताराकान्त चौधरीलाई प्रत्यक्ष उम्मेदवार बनाउन सिफारिस गरिएको एमालेले जनाएको छ । चौधरी दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरी क्षेत्र नं ४ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । यस्तै क्षेत्र नं ३ बाटै प्रतिनिधिसभाका लागि तीन जनाको नाम समानुपातिक उम्मेदवारमा सिफारिस गरिएको छ । उनीहरुमा रामप्रीत पासवान, जगदीश साह र इन्दुदेवी माझी रहेका छन् । 

त्यस्तै प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नं १ का लागि प्रत्यक्षतर्फ महेशप्रसाद चौधरीलाई सिफारिस गर्ने निर्णय भएकोको एमाले स्रोतबाट थाहा भएको छ । तीन जनाको नाम समानुपातिकमा पठाउनुपर्नेमा अन्यले पनि दाबी गरेपछि सहमति हुन नसकेका कारण ११ जनाको नाम पठाइएको एमाले सप्तरीले जनाएको छ । क्षेत्र नं २ का अध्यक्ष निरञ्जन चौधरीको अध्यक्षतामा बैठक बसेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै