• २०८१ बैशाख १७ सोमबार

अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डीको उपाधि भारतले जित्यो

kharibot

 काठमाडौँ ।भारतले अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा भारतले नेपाललाई ५९–२१ ले पराजित ग¥यो । भारतका गुर्दिप उत्कृष्ट केचर तथा भारतकै विनित शर्मा उत्कृष्ट रेडर चुनिए । राउन्ड रोविन लिगमा भारत विजेता र नेपाल उपविजेता बन्दै उपाधि भिडन्त पक्का गरेका थिए ।

अखिल नेपाल कबड्डी संघद्वारा आयोजित ३ राष्ट्र सहभागी प्रतियोगिताको राउन्ड रोविन लिगमा भारतले नेपाल र बंगलादेशलाई हराएको थियो । त्यस्तै नेपालले बंगलादेशलाई पराजित गरेको थियो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, कबड्डी संघकी अध्यक्ष तुलसी थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । कार्यक्रममा सदस्य–सचिव विष्टले संघलाई दक्षिण एसियाली कबड्डी च्याम्पियनसिपको तयारी गरे राखेपले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै