• २०८१ बैशाख १७ सोमबार

महिला कबड्डीमा पदकको आशा, नेपालले बंगलादेशलाई हरायो

kharibot

काठमाडौँ । जारी १९औं एशियन गेम्समा महिला कबड्डी टिमले विजयी शुरुवात गरेको छ ।

सोमबार बिहान सम्पन्न समुह बि अन्तर्गतको खेलमा नेपालले बंगलादेशलाई ३७-२४ ले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

यो जितपछि नेपालले एशियन गेम्समा कम्तिमा एक पदक जित्ने सम्भावना बढेको छ । समुह बीमा नेपालले अब अर्को खेल मंगलबार इरानसँग खेल्ने छ । इरान बलियो टिम मानिन्छ । नेपाल इरानसँग पराजित भएपनि यो जितपछि समुह उप[विजेता हुदै सेमिफाइनलमा पुग्ने सम्भावना रहेको छ ।

नेपाल सेमिफाइनलमा पुगेमा कम्तिमा कास्य पदक जित निश्चित हुने छ । सेमिफाइनलमा पराजित हुने टिम सिधै तेस्रो हुने हुनाले नेपाल सेमिफाइनलमा पुगेमा काश्य पदक जित्ने छ ।

अब समुह चरणमा नेपालले इरानलाई पराजति गरेमा वा इरानले बंगलादेशलाई पराजित गरेमा नेपाल सेमिफाइनलमा प्रवेश गर्दै पदक सुनिश्चित गर्ने छ ।  

हालसम्म १९औं एसियाली खेलकुदमा सहभागी ४५ मध्य ३४ देशले पदक जितेपनि नेपालसहित ११ देश अझै पदकविहीन छन् । 

नेपालले अब महिला कबड्डीसहित पुरुष क्रिकेटमा पदकको आशा गरिएको छ । त्यस्तै पदक आशा गरिएको करातेका खेल विहिबारबाट मात्र शुरु हुदै छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै