काठमाडौँ । नेपाल जारी १९औं एशियन गेम्सको महिला कबड्डीको सेमिफाइनलमा पुगेको छ । समुह चरणको खेलमा आज इरानले बंगलादेशलाई पराजित गरेसँगै नेपाल सेमिफाइनलमा पुगेको हो । यस खेलमा इरानले बंगलादेशलाई ५४-१६ ले पराजित गरेको हो ।
सेमिफाइनलमा पुगेसँगै नेपालको पदक पक्का भएको छ । सेमिफाइनलमा पराजित भएपनि नेपालले तेस्रो हुदै काश्य पदक जित्ने छ ।
पछिल्लो एसियाली खेलकुदको महिला कबड्डीमा स्वर्ण पदक विजेता इरानले लगातार दुई जित हासिल गर्दै सेमिफाइनलमा पुगेको छ भने बंगलादेश बाहिरिएको छ ।
नेपालले यसअघि समूह बी को खेलमा बंगलादेशलाई हराएको थियो भने इरानविरुद्धको खेलमा हार बेहोरेको थियो ।
अब सेमिफाइनलका खेल शुक्रबार हुने छन् । सेमिफाइनलमा नेपालको प्रतिद्वन्दीको टुंगो आजै हुने समुह ए का खेलपछि लाग्ने छ ।