काठमाडौं । नेपालले पहिलो पदक हासिल गरेको छ । एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक प्राप्त भएको हो ।
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोतिा (एसियाड) मा नेपालले पहिलो पदक प्राप्त गरेको हो ।
आज बिहान सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरे पछि नेपाल तेस्रो हुदै काँस्य पदकमा सिमित भएको हो ।
यस अघि नेपालले समुह चरणमा बंगलादेशलाई पराजित गरेर सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।