• २०८१ बैशाख १७ सोमबार

५८ वर्षको उमेरमा १२० वटी श्रीमती र २८ बालबच्चा ! भन्छन् - सबैको आवश्यकता पूरा गरिदिएको छु !

kharibot

५८ वर्षीय तम्बन र उनकी कान्छी श्रीमती

बैंकक । थाइल्याण्डमा बहुविवाह प्रतिबन्धित रहे पनि एक जनाको भने १ सय २० जना श्रीमती र २८ बच्चाहरु रहेको खुलेको छ । रोचक त के छ भने ती सबै श्रीमतीहरु एकआपसमा जानकार छन् र कसैलाई पनि आफ्ना सौताहरु धेरै भएकोमा कुनै दुःखमनाउ छैन ।

ती युवक थाइल्याण्डको नकोन नायोक प्रान्तका फामनी जिल्लाका प्रमुख तम्बन प्रेजर्ट रहेका छन् । बैंककदेखि उक्त जिल्ला करिब ९० मिटर टाढा छ । स्थानीय मिडियाहरुका अनुसार उनले १०० भन्दा बढी विवाह गरेका छन् ।

उनी अहिले ५८ वर्षका भए । एउटा बिजनेस कन्स्ट्रक्सनका मालिक रहेका तम्बनले मिडिया बोलाएर आफ्नो परिवारबारे जानकारी दिएको एजेन्सीहरुले समाचार लेखेका छन् । मिडियाले प्रश्न गरेपछि उनले आफ्ना १२० श्रीमती र २८ छोराछोरी रहेको खुलासा गरेका हुन् ।

उनको १७ वर्षको उमेरमा पहिलो विवाह भएको थियो । आफूभन्दा दुई वर्ष कम उमेरकी श्रीमतीबाट उनले ३ वटा बच्चा जन्माएका थिए । त्यसपछि भने उनले २० वर्षसम्मका धेरै केटीहरुलाई आफ्नो श्रीमती बनाए ।

अहिले यो समाचार थाइल्याण्डका मिडियाहरुमा चर्चित रहेको छ । उनका अनुसार कन्स्ट्रक्सन बिजनेस सुरु गरेपछि उनलाई अनौठो बानी पर्यो । उनले जहाँ जहाँ घर बनाए त्यहाँ त्यहाँ नयाँ पत्नी भए । उनले आफूले सबै श्रीमतीलाई प्यार गरेको समेत खुलाएका छन् ।

त्यसो त उनी निकै बुद्धिमानी मान्छेमा गनिन्छन् । उनले एकपछि अर्को विवाह गरे पनि भएका र हुनेवाला सबै श्रीमतीहरुलाई एक अर्काको बारेमा उनले बताउने गरेका थिए । उनका २२ पत्नीहरु फ्रामनी जिल्लामा बस्छन् भने अन्य सबै थाइल्याण्डकै अन्य स्थानमा बस्छन् ।

उनका अनुसार १२० श्रीमती र २८ बच्चाको स्याहारसुसारमा तम्बनलाई कहिल्यै गाह्रो अप्ठ्यारो भएन । उनले परिवारका सबैको आवश्यकताहरु पूरा गरेका छन् । आफ्ना श्रीमतीमध्ये जजसको घर थिएन, उनले सबैको घर बनाइदिएका छन् ।

तम्बनको सबैभन्दा कान्छी श्रीमती २७ वर्षकी नाम फोन रहेकी छिन् । जो मिडियाले अन्तर्वार्ता लिँदा सँगै थिइन् । त्यहाँ कुनै अप्ठ्यारो महसुस थिएन ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै