• २०८१ बैशाख १७ सोमबार

प्रहरी जवानले गरे श्रीमती र साढे दुई वर्षका छोराको हत्या

kharibot

दाङ । दाङमा एक प्रहरी जवानले श्रीमती र साढे २ वर्षीय छोराको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपालीले श्रीमती टिका बिक र साढे दुई वर्षीय छोरा शुशान्तको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पिमलालले घोराही स्थित एक होटेलमा श्रीमती र छोराको हत्या गरेका हुन् । रोल्पा रुन्टिगढीका पिमलाल श्रीमती टिका र छोरा शुशान्तसँग गयराति घोराही स्थित एक होटेलमा बास बसेका थिए । श्रीमती र छोरा शनिवार मात्रै रोल्पाबाट घोराही आएका थिए ।

आज बिहान पिमलालले श्रीमती टिका र छोराको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । श्रीमतीसहित छोराको हत्या गरेका पिमलाल आफै जिल्ला प्रहरी कार्यालयमा पुगेर आफूले हत्या गरेको जानकारी गराएका थिए ।

पीमलालले श्रीमती टिका र छोराको घाँटी सलले कसेर हत्या गरेको देखिएको छ । हत्याको एकिन कारण खुलिनसकेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै