काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गतआइतबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । रियल मड्रिडले रियल सोसिडाडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
रियलको जितमा बोर्जा मायोरल र ग्यारेथ बेलले गोल गरे । यस्तै रियल सोसिडाडका केविन रोड्रिग्वेजले एउटा आत्मघाती गोल गरेका छन् । रियल सोसिडाडका एक लागि रोड्रिग्वेजले नै गोल गरेका थिए ।
खेलको १९औं मिनेटमा मायोरलको गोलबाट रियल मड्रिडले अग्रता लिएको थियो भने खेलको २८औं मिनेटमा रियल सोसीडाडका रोड्रिग्वेजले गोल गर्दै खेल बराबरी गरेका थिए । तर खेलको ३६औं मिनेटमा उनैले आत्मघाती गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए ।
पहिलो हाफमा २–१ ले अघि रहेको रियल मड्रिडका लागि ६१औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै ३–१ को जित दिलाए ।
रेफ्रीलाई धकेलेको आरोपमा प्रतिबन्धमा परेका रोनाल्डो यस खेलमा खेलेका थिएनन् । रियल मड्रिडको जितसँगै रियल सोसिडाडको लगातार तीन खेलको विजयी यात्रा टुंगिएको छ । चार खेलबाट ८ अंक जोडेको रियल मड्रिड चौथो स्थानमा उक्लिएको छ । ९ अंकसहित रियल सोसिडाड तेस्रो स्थानमा छ ।