• २०८१ बैशाख २० बिहीबार

स्पेनिस ला लिगामा म्याड्रिड डर्वी आज

kharibot

काठमाडौं । स्पेनिस ला लिगाका चिरपरिचित प्रतिद्वन्द्वी रियलम्याड्रिड  र एट्लेटिको म्याड्रिड बीचको भिडन्त आइतबार मध्यराति हुँदै छ ।  

सिजनको पहिलो ‘म्याड्रिड  डर्वी’ सान्टियागो बर्नबेउमा नेपाली समय अनुसार राति पौने २ बजे हुनेछ । 

‘एल क्लासिक’ पछि सर्वाधिक रुचाईएको प्रतियोगिता हो, ‘म्याड्रिड  डर्वी’ । पछिल्लो समय रियलबाट क्रिष्टियोना रोनाल्डो र बार्सिलोनाबाट लियोनल मेस्सीले बाहिरिएसँगै चर्चा म्याड्रिड डर्वीको रहँदै आएको छ । 

घरेलु मैदानमा हुने खेलमा रियल म्याड्रिड  एट्लेटिकोलाई पराजित गर्दै शीर्षस्थान कायम राख्न चाहन्छ । यता, एट्लेटिको भने रियल म्याड्रिड लाई पराजित गर्दै तालिका सुधार गर्ने दाउमा हुनेछ ।

जारी लिगमा १६ खेलबाट रियलले ३९ अंक जोडेको छ । यता, एट्लेटिको भने १५ खेलबाट २९ अंक जोडेर चौथो स्थानमा छ । 

आइतबार नै हुने ला लिगाको खेलमा बार्सिलोनाले ओसासुनासँग प्रतिस्पर्धा गर्ने छ । जारी लिगमा खराब लयमा रहेको बार्सिलोना १५ खेलबाट २३ अंक जोडेर तालिकाको आठौं स्थानमा छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै