• २०८१ बैशाख २१ शुक्रबार

स्पेनिस ला लिगामा भिल्ला रियललाई इल्चेको झट्का

kharibot

काठमाडौँ । स्पेनिस ला लिगाको मध्यम टोली भिल्लारियललाई तुलनात्मक रुपमा कमजोर टोली इल्चेको नमिठो झट्का लागेको छ । आइतबार राति भएको खेलमा भिल्लारियल इल्चेसँग १–० गोलले पराजित भयो ।

प्रतिस्पर्धात्मक खेलमा इल्चेलाई जिताउन अतिरिक्त खेलाडी लुकास वोयले गोल गरे । लुकासले ७८औं मिनेटमा जेरार्ड गुमबउको पासमा गोल गरेका थिए । लुकास ६६औं मिनेटमा लुकास पेरेजको स्थानमा मैदान प्रवेश गरेका थिए ।

५१ प्रतिशत बल पोसेसन राखेपनि भिल्लारियलले गोल गर्न सकेन । खेलभर नौ वटा पोस्ट प्रहार गरेको भिल्लारियलको प्रयासमा इल्चेका गोलरक्षक इडगर बदिया बाधक बने । घरेलु मैदानमा ४९ प्रतिशत बल पोसेसन राखेको इल्चेको जितमा एउटै गोल प्रयाप्त बन्यो । इल्चेको यो लगातार दोस्रो जित हो । अघिल्लो खेलमा इल्चेले स्पान्योललाई २–१ गोलले पराजित गरेको थियो । निर्णायक गोल गरेका इल्चेका लुकास वोय ‘म्यान अफ द म्याच’ भए ।

जितसँगै इल्चे १५औं स्थानमा उक्लिएको छ । इल्चेले २१ खेलबाट २२ अंक बनाएको छ । पराजित भिल्लारियल २९ अंकसहित आठौं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ४९ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ४४ र तेस्रो स्थानमा रहेको रियल बेटिसको ३४ अंक छ । सेभिया र बेटिसले एक खेल कम खेलेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै