• २०८१ बैशाख २१ शुक्रबार

स्पेनिस ला लिगामा काडिजको पहिलो जित

kharibot

काठमाडौँ । स्पेनिल ला लिगामा काडिजले पहिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा काडिजले सेल्टा भिगोलाई उसैको मैदानमा २–१ गोलले हरायो ।

काडिजलाई पाँचौं राउन्डमा आएर पहिलो जित दिलाउन एन्थोनी लोजानो र अल्फोन्सो स्पिनोले गोल गरे । सेटा भिगोका सान्ति मिनाले सान्त्वना गोल फर्काए ।

पहिलो हाफमै दुई गोल गरेको काडिजलाई ३८औं मिनेटमा एन्थोनीले हेड गोल गर्दै अग्रता दिलाए । उनले टोमस अर्लाकनको फ्रिकिक पासमा गोल गरेका थिए । ४३औं मिनेटमा अलफोन्सो स्पिनोले रिवाउन्डमा गोल गर्दै काडिजको अग्रता दोब्बर बनाए ।

यसयघि काडिजका साभी सान्चेजले पेनाल्टीको अवसर खेर फालेका थिए । सान्चेजको प्रहारलाई सेल्टा भिगोका गोलरक्षक माटियस डिटुरोले फर्काए । सोही रिवाउन्ड बलमा अलफोन्सो स्पिनोले सोझै गोल गरेका थिए ।

दोस्रो हाफको सुरुवातमै तीन खेलाडी परिवर्तन गरेको सेल्टा भिगोले उत्कृष्ट प्रदर्शन गरेको थियो । ६४औं मिनेटमा सान्ति मिनाले गोलगर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे । इन्जरी समयमा सेल्टाका इगो आसपासले पोस्ट नजिक पाएको अवसर गुमाएका थिए ।

७८ प्रतिशत बल पोसेसनका राखेको सेल्भा भिगो अन्ततः हार खेप्न बाध्य बन्यो । यता २२ प्रतिशत बल पोसेसनका राखेको काडिज दोस्रो हाफमा जम्न सकेन । खेलमा सेल्टा भिगोले १४ वटा पोस्ट प्रहार गर्दा काडिजले सातवटा पोस्ट प्रहार गरेको थियो । काडिजका एन्थोनी (चोको) लोजानो ‘म्यान अफ दी म्याच’ भए ।

लिगमा पहिलो जितसँगै काडिज ११औं स्थानमा उक्लिएको छ । काडिजले पाँच खेलबाट पाँच नै अंक बनाएको छ । यसअघि काडिजले दुई खेलमा बराबरी र दुई खेलमा हार खेपेको थियो । चौथो हार खेपेको सेल्टा भिगो एक अंक सहित १८औं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको चार खेलबाट १० अंक पुगेको छ । दोस्रो र तेस्रो स्थानमा रहेको भ्यालेन्सिया र एट्लेटिको म्याड्रिडको पनि १० अंक छ ।

ला लिगा अन्तर्गत शनिबार साँझ गेटाफे र रायो भालेकानो तथा एट्लेटिको म्याड्रिड र एथलेटिक बिल्बाओबीच प्रतिस्पर्धा हुनेछ । शनिबार रानि नै इल्चे र लिभान्ते तथा ओसासुना र डिर्भोटिभो अलाभेस भिड्नेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै