• २०८१ बैशाख १८ मंगलबार

लण्डन रेल आक्रमणका आरोपित व्यक्ति पक्राउ

kharibot

लण्डन । लण्डनको भूमिगत रेलमा शुक्रबार भएको आक्रमणमा सम्लग्न रहेको आशङ्का गरिएका एक जना युवकलाई प्रहरीले शनिबार पक्राउ गरेका छ । 

डोवरको दक्षिणी वन्दगाह क्षेत्रमा भेटिएका ती १८ वर्षीय युवकलाई केन्ट प्रहरीले नियन्त्रणमा लिई उनलाई अहिले स्थानीय प्रहरी चौकीमा राखिएको छ । उनलाई अनुसन्धानका लागि लण्डनस्थित प्रहरी हिरासतमा लाने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिआतङ्कवाद मामिला प्रमुख मार्क रोलेले घटनामा सम्लग्न अन्य व्यक्तिलाई प्रहरीले पिछा गरिरहेको बताएका छन् । उनलाई प्रतिआतङ्कवादी कानून अनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

शुक्रबार विहान भएको विस्पोटमा परी घाइते भएका विभिन्न ३० जनालाई घटनापश्चात उपचारका लागि अस्पताल पु¥याइएकोमा केही भने सामान्य उपचारपछि घरफर्किसकेका बताइएको छ । 

घटनाको इश्लामिक स्टेट (आइएस) समूहले जिम्मेवारी लिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै