• २०८१ बैशाख १९ बुधबार

लन्डनमा २ प्रहरी अधिकारीमाथि छुरा प्रहार

kharibot

लन्डन । मध्यलन्डनमा शुक्रबार बिहान दुई प्रहरी अधिकारीहरूलाई एक व्यक्तिले छुरा प्रहार गरेका छन् ।

आक्रमणकारीलाई पक्राउ गरिएको महानगरीय प्रहरीले जनाएको छ । लेस्टर स्क्वायर वरपरको नाइटलाइफ क्षेत्रमा उक्त हमला भएको हो ।

घाइते प्रहरी अधिकारीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि आम बेलायती शोकाकुल भइरहेका बेला पछिल्लो घटना भएको छ । यसैबीच, दिवंगत एलिजाबेथको अन्तिम संस्कार सेप्टम्बर १९ मा हुँदै छ ।

अन्तेष्टिमा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख र अन्य विशिष्ट व्यक्ति  सहभागी हुने तालिका ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै