काठमाडौँ । फिल्म 'लिलिविली'को औपचारिक निर्माण घोषणा गरिएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको निर्माण घोषणा गरियो ।
निर्देशक मिलन चाम्सले निर्देशन गर्ने यो फिल्ममा 'प्रेमगीत' र प्रेमगीत-२ बाट कलिवडमा स्थापित बह्येका नायक प्रदीप खड्का मुख्य भूमिकामा देखिँदैछन् ।
फिल्ममा प्रदीपले दुई नायिका जसिता गुरुङ र रेविका गुरुङस्नाग रोमान्स गर्ने भएका छन् । यी दुई नायिकाले 'लिलिविली'बाट फिल्ममा डेभ्यु गर्न लागेका हुन् । फिल्ममा अभिनेता अनुप विक्रम शाही पनि मुख्य भूमिकामा रहने जानकारी गराइएको छ ।
फिल्ममा गोविन्द शाही, सुदीप खड्का र मिलन चाम्सको संयूक्त लगानीमा निर्माण हुने र फिल्मको छायाँकन तिहारपछि सुरु हुने बताइएको छ । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका छन् ।
यसअघि यो फिल्म नायक अनमोल केसीलाई अफर गरिएको खबर बाहिर आएको थियो । तर, यस विषयमा निर्देशक चाम्स भन्छन्, 'हामीले अनमोल केसी र भुवन केसीसँग कुराकानी गरेका थियौ तर कुराकानी गर्ने वितिक्कै अनमोलले फिल्म गर्नैपर्छ भन्ने छैन । प्रदीप खड्कासँग मैँले 'प्रेमगीत' रिलिज भएपछि काम गर्ने सोच बनाएको थिएँ तर प्रदीपले 'प्रेमगीत २' साइन गरिसकेका कारण हामीले सँगै काम गर्न केही ढिलाई भएको हो ।
निर्देशक चाम्सले यसअघि फिल्ममा नायिका शिल्पा मास्के मुख्य भूमिकामा अनुवन्धित भएपनि आपसी सहमतीमा उनले फिल्मबाट हात झिकेको पनि बताए ।
साढे दुई करोड लगानीमा बन्ने फिल्मको सम्पूर्ण छायाँकन स्कटल्याण्ड र लन्डनमा हुनेछ । फिल्मको प्रदर्शन मिति चैत ३० गतेलाई तय गरिएको छ ।