• २०८१ बैशाख १७ सोमबार

उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई निर्वाचन आयोगको २४ घन्टे स्पष्टिकरण  

kharibot

काठमाडौं ।  निर्वाचन आयोगले उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार र जलश्रोत राज्यमन्त्री अमरसिंह पुनसँग २४ घण्टे स्पष्टिकरण मागेको छ । 

आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले गच्छदार र पुनसहित उनीहरु सम्बद्ध पार्टीलाई २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो ।

पर्साको वीरगञ्ज महानगरपालिकामा २०–२५ वटा गाडी र एकसय वटाभन्दा धेरै मोटरसाइकल प्रयोग गरी र्‍याली-जुलुस निकालेर चुनाव प्रचार गरी आचारसंहिता उल्लंघन गरेको सूचना प्राप्त भएको भन्दै आयोगले २४ घण्टाभित्र स्पष्टिकरण दिन भनेको हो । 

त्यस्तै आयोगले वीरगञ्ज महानगरपालिकाका फोरमका तर्फबाट उम्मेदवार विमल प्रसाद श्रीवास्तवलाई पनि आचारसंहिता उल्लंघन गरेवापत किन उम्मेदवारी रद्द गर्न नपर्ने भनी २४ घण्टे स्पष्टीकरण सोधेको छ । 

यसैगरी जलस्रोत राज्यमन्त्री पुनले बाराको जितपुर सिमरा उपमहानगरपालिका ११ फत्तेपुरमा कांग्रेस कार्यकर्तालाई सरकारी गाडीमा राखेर प्रचारप्रसार गर्दै हिँडेको भन्ने सूचना प्राप्त भएको भन्दै २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै