• २०८१ बैशाख १७ सोमबार

दुई मत अन्तरले उपसभापतिमा हारे विजयकुमार गच्छदार

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति रहेका विजयकुमार गच्छदार नयाँ कार्यसमितिको निर्वाचनमा २ मतले पराजित भएका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा उपसभापति पदमा गच्छादार धनराज गुरुङसँग २ मतले पराजित भएका हुन् ।

शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका उनी तेस्रो स्थानमा रहेका छन् । 

देउवा प्यालनका खड्का र डा. शेखर कोइराला प्यानलका गुरुङ विजयी हुँदा गच्छदार पराजित भएका हुन् । खड्काले २१२१ र गुरुङले १९०८ मत प्राप्त गर्दा गच्छदारले १९०६ मत पाएका छन् ।

समितिका अनुसार उपसभापतिका अन्य प्रत्यासी डा. चन्द्र भण्डारीले एक हजार ५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै