• २०८१ बैशाख १७ सोमबार

विजयकुमार गच्छदार सांसद पदबाट निलम्बित

kharibot

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदार सांसद पदबाट निलम्बित भएका छन् ।

अख्तियारले बालुवाटारको जग्गा प्रकरणमा दोषी रहेको भन्दै गच्छदारविरूद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेपछि उनको सांसद पद निलम्बन भएको हो ।

माधवकुमार नेपाल नेतृत्वको सरकारमा गच्छदार भौतिक पूर्वाधार मन्त्री हुदा ललितानिवासको सरकारी जग्गा नक्कली मोही हुँदै व्यक्तिका नाममा पुगेको थियो ।

तत्कालिन भौतिक पूर्वाधार मन्त्री गच्छदारले नै सो जग्गा सम्बन्धिप्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्बन्धी ऐनको दफा १७ मा सार्वजनिक पद धारण गरेको व्यक्तिलाई भ्रष्टाचार आरोपमा मुद्दा चलेको अवस्थामा किनारा नभएसम्म स्वत: निलम्बन हुने व्यवस्था अनुसार गच्छदार निलम्बनमा परेका हुन् ।

यस प्रकरणमा अख्तियारले गच्छदारसँग बयान समेत लिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै