• २०८१ बैशाख १५ शनिबार

एसियन गेम्सको पुरूष फुटबलमा नेपाल पाकिस्तानसँग पनि पराजित

kharibot

काठमाडौँ।  एसियन गेम्स अन्तर्गत पुरूष फुटबलको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।  

इन्डोनेसियाको विभाहा मुक्ति रंगशालामा आज भएको खेलमा पाकिस्तान २-१ गोल अन्तरले विजयी भएको हो। खेलको ११औ मिनेटमा पाकिस्तानका युनस सहबाजले आत्मघाती गोल गरेपछि नेपालले सुरुवाती  थियो।  पहिलो हाफमा १-० ले  दोस्रो   हाफमा २ गोल खाएको थियो।  पाकिस्तानले खेलको ५५औ मिनेटमा बिलाल मोहमद र ७२औ मिनेटमा हुसैन सद्दामले गोल गर्दै पाकिस्तानलाई २-१ को जित दिलाएका थिए। 

जितका बाबजुत पनि पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ।  नेपाल भने समुहका तिनै खेलमा हार बेहोर्दै बाहिरिएको छ। 

नेपालले पहिलो खेलमा जापानसँग राम्रो खेल प्रदर्शन गर्दै १-० को हार बेहोरेपछि भियतनामविरुद्ध राम्रो खेल्ने अपेक्षा गरिएको थियो। तर नेपालले भियतनामविरुद्ध निम्नस्तरको प्रदर्शन गर्यो। भियतनामसँग २-० को हार बेहोरेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो।     

समुह डि बाट भियतनाम र जापानले दुई खेल जित्दै नकआउट चरणमा प्रवेश गरिसकेका छन्।  अब भियतनामले तिनै खेल जितेर समुहमा पहिलो हुदै नाकआउटचर्न मा पुगेको छ भने जापानले २ जित हासिल गर्दै दोस्रो हुदै नाकआउट चरणमा पुगेको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै