• २०८१ बैशाख १६ आइतबार

नेपालले एसियन गेम्सको क्रिकेटमा समूह चरणमा जापान र कम्बोडियाको सामना गर्ने

kharibot

काठमाडौं । चीनको होङझाउमा सेप्टेम्बर २३ देखि हुने १९औं एसियन गेम्सअन्तर्गत नेपाली क्रिकेट टोलीले समूह चरणमा जापान र कम्बोडियासँग खेल्ने भएको छ ।

नेपालले पहिलो खेल सेप्टेम्बर २७ मा जापानसँग खेल्नेछ भने अक्टोबर १ मा कम्बोडियासँग खेल्नेछ ।

क्वाटरफाइनलका खेल अक्टोबर ३ र ४ मा हुनेछ । नेपाल, जापान र कम्बोडिया समूह 'बी' मा छन् । 'ए' मा अफगानिस्तान र मंगोलिया, 'सी' मा हङकङ, चीन र सिंगापुर तथा समूह 'डी' मा बहराइन, माल्दिभ्स् र मलेसिया छन् ।

टी- २० फर्म्याटमा आयोजना हुने प्रतियोगिताको प्रत्येक समूहका शीर्ष टोली क्वाटरफाइनलमा पुग्नेछन् । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले भने क्वाटरफाइनलमा सिधै प्रवेश पाएका छन् । सेमिफाइनल अक्टोबर ६ मा हुनेछ । फाइनल र तेस्रो स्थानको खेल ७ अक्टोबरमा हुनेछ ।

जापान र कम्बोडिया तुलनात्मक रुपमा कमजोर टोली भएकाले नेपाल क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो छ । नेपाल टी- २० वरीयतामा १७औं स्थानमा छ । जापान ५३औं स्थानमा रहँदा कम्बोडिया शीर्षमा नै छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै