• २०८१ बैशाख १६ आइतबार

चीनमा हुने भनिएको एसियन्स गेम्स स्थगित

kharibot

काठमाडौं । चीनको ह्वान्झाओमा हुने तय भएको १९औं एसियन गेम्स स्थगित भएको छ ।

१० देखि २२ सेप्टेम्बरमा हुने तय भएको प्रतियोगिता  कोभिड-१९ महामारीका कारण २०२३ सम्मका लागि स्थगित भएको हो ।

चिनियाँ ओलिम्पक कमिटी (सीओसी) र ह्वान्झाओ एसियाली खेलकुद आयोजक कमिटी (एचएजीओसी)ले  विस्तृत छलफलपछि ओलम्मिक काउन्सिल अफ एसिया (ओसीए)ले १९औं एसियाली खेलकुद  स्थगित गर्ने निर्णय गरेको हो ।

प्रतियोगिताकै लागि नेपालले समेत आफ्नो तयारी सुरु गर्ने तयारीमै थियो । तर, प्रतियोगिता नै स्थगित भएकाले नेपालको तयारी समेत प्रभावित हुने पक्का भएकाे छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय