• २०८१ जेठ ४ शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानका समकक्षीलाई खानलाई बधाई

kharibot

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले इमरान अहमद खान नियाजी इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीको उच्चपदमा नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् । 

प्रधानमन्त्री ओलीले आफ्ना पाकिस्तानी समकक्षी खानलाई पठाएको बधाई सन्देशमा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै नवनिर्वाचित प्रधानमन्त्रीको सफल कार्यकालका निम्ति हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

शुक्रबार पाकिस्तानी नेशनल एसेम्बलीबाट प्रधानमन्त्री पदमा निर्वाचित भएपछि इमरान खानले पाकिस्तानको २२औ प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ आज लिएका हुन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै