काठमाडौँ। एनआईसी एशिया बैंकले ३ नयाँ शाखाहरु संचालनमा ल्याएको छ।
बैंकले धादिडं जिल्ला धुनिबेशी न.पा. वडा नं.७, स्थित खानीखोला शाखा र धुनिबेशी न.पा. वडा नं. ६,धार्केस्थित धार्केशाखाको धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यबाट र थाक्रे गाउँपालिका वडा नं.६, महादेव बेशीस्थित महादेव बेशी शाखाको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले समुद्घाटन गरेका छन् ।
बैंकले हाल २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ।
बैंकको वासलातको आकार रू. १८१ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १५३ अर्ब पुगेको छ भने कुल कर्जा करिब रू. १२४ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ ।