• २०८१ बैशाख १५ शनिबार

एनआईसी एशिया बैंकमा अनलाईन खाता खोल्दा विभिन्न मर्चेन्टहरुमा आकर्षक छुट पाइने 

kharibot

काठमाडौँ । एन आई सी एशिया बैंकले अनलाईन मार्फत बचत खाता खोल्ने ग्राहकहरूलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा ५ हजार सम्म छुट उपलब्ध हुने योजना ल्याएको छ । 

जसअनुसार दराज,ग्यापु,सस्तोडिल,भोजमाण्डु, फुड बाइट(कुइकर),युजी बजार,खानपिन जस्ता ई–कमर्शहरूबाट विभिन्न सामग्रीहरू खरिद गर्दा एवं ट्याक्सीमाण्डु,एती एयरलाइन्स ,सोनी एलआइभी  र अल्ट बालाजीका अनलाईन प्लेटफर्म मार्फत विभिन्न सेवाहरू लिई डेबिट कार्ड, क्रेडिट कार्ड तथा एनआईसी एशिया मोबैकिंग (NIC ASIA MoBank) मार्फत अनलाईन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछ । 

यसका लागि बैंकको वेबसाइटबाट अनलाईन खाता खोलि उक्त खाता पूर्ण रुपमा सुचारु भए पश्चात् बैंकले एसएमएस वा इमेल मार्फत माथि उल्लेखित मर्चेन्टहरु द्वारा प्रदान गरिएको प्रोमो कोड वा डिसकाउन्ट लिंक पठाउने व्यवस्था गरेको छ । बैंकले पठाएको प्रोमो कोड वा डिसकाउन्ट लिंक प्रयोग गरी आकर्षक छुट प्राप्त गर्न सक्नेछ । 

यो योजना २०७९ आषाढ मसान्तसम्म लागू हुनेछ । अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच बैंकले डिजिटल कारोबारलाई प्रबद्र्धन गर्नका निमित्त आकर्षक छुट व्यवस्था गरेको हो । 

यो योजनाबाट लाभ लिनका लागि  यस बैंकको वेबसाइट www.nicasiabank.com मार्फत जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी सहज रुपमा अनलाईन खाता खोल्ने व्यवस्था गरेको छ । 
यसरी अनलाईन खाता खोलेपश्चात् आफुलाई पायक पर्ने यस बैंकको शाखा कार्यालयमा गई केवाईसी फर्मभरी आफ्नो अनलाईन खाता पूर्ण रुपमा सुचारु गर्नुपर्नेछ । हाल अनलाईन खाता खोल्ने प्रक्रिया चुनौतिपूर्ण रहेको अवस्थामा बैंकले अनलाईन खाता खोल्न थप सहज होस् भन्ने उद्देश्यले ९८०१२२७७५५ मा मिसड कल दिई सहज रुपमा खाता खोल्ने योजना ल्याएको छ । मिसड कल दिएपश्चात् निजले बैंकबाट अनलाईन खाता खोल्ने लिंक सहितको एसएमएस प्राप्त गर्नेछ र बैंक प्रतिनिधिले समेत निजलाई सम्पर्क गरी अनलाईन खाता खोल्ने प्रक्रिया बारे विस्तृत रुपमा सहयोग प्रदान गर्ने व्यवस्था रहेको छ ।

बैंकले मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै