• २०८१ बैशाख १७ सोमबार

मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते 

kharibot

सञ्चारराज्यमन्त्री तप्तबहादुर विष्ट

काठमाडौ । मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।

बा १ झ ७१६३ नम्बरको गाडीमा सञ्चारराज्यमन्त्री तप्तबहादुर विष्ट सवार रहेको प्रहरीले जनाएको छ ।

संचार राज्यमन्त्रीको गाडीले नयाँ बानेश्वर चोक कटेपछि मोटरसाइकललाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट मोटरसाइकलमा सवार रहेका एक पुरुष र महिला घाइते भएको प्रहरीले बताएको छ । घाइते दुवैको एभरेस्ट हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि नयाँ बानेश्वर चोकमा केहीबेर यातायात अवरुद्ध भएको थियो । दुर्घटनापछि सर्वसाधारणले मन्त्रीको गाडी घेरेपछि प्रहरीले उनलाई सुरक्षित त्यहाँबाट लगेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय