• २०८१ बैशाख १७ सोमबार

राष्ट्रियसभाको सुशासन समितिले अर्थमन्त्री खतिवडालाई बोलायो 

kharibot

काठमाडौं । संसदीय समितिले दिगो विकाससम्बन्धी कार्ययोजनाबारे अर्थमन्त्री डा. युवराज खतिवडासँग छलफल गर्ने भएको छ ।

दिगो विकास तथा सुशासन समितिको मंगलबार बसेको बैठकले अर्थमन्त्री डा. खतिवडालाई भदौ १ गते बोलाउने निर्णय गरेको हो । दिगो विकासका सम्बन्धमा सरकारको कार्ययोजनाबारे योजना आयोगका पदाधिकारीसहित अर्थमन्त्री खतिवडासँग छलफल गर्ने निर्णय गरिएको बैठकपछि जानकारी दिइएको छ ।

समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापासँग शान्ति, सुरक्षा, अपराध, सुन तस्करी लगायतका विषयमा छलफल गरेको थियो । छलफलमा समितिका सदस्यहरुले सुन तस्करीमा संलग्नहरु सबैलाई कार्वाहीको दायरामा ल्याउन ढिलाई नगर्न गृहमन्त्री थापाको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

राष्ट्रियसभा अन्तर्गतको यो समितिको कार्य क्षेत्रभित्र नेपाल सरकारले अख्तियार गरेको दिगो एवम् सन्तुलित विकास र सुशासन प्रवर्द्धनसम्बन्धी विषय पर्दछन्  ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै