• २०८१ बैशाख १५ शनिबार

सलमानले ‘भारत’ मा कट्रिनालाई दिए १२ करोड पारिश्रमिक

kharibot

काठमाडौँ । अभिनेत्री कट्रिना कैफलाई सलमान खानको फिल्म भारतमा डबल पारिश्रमिक दिइने भएको छ।

प्रियंका चोपडाले फिल्म ‘भारत’ छाडेपछि अब भित्रिएकी कट्रिनाले छोटो समयमा नै फिल्म गर्न राजी भएपछि सलमान खानले प्रियंकालाई दिएको जति नै पारिश्रमिक दिने भएका हुन् । 

भारतीय मिडियाका अनुसार सलमानले यो फिल्ममा पहिला कट्रिनालाई नै लिन चाहे पनि उनकी बहिनि अर्पिताको कारणले प्रियंकालाई लिएका थिए। प्रियंकाले छाडेपछि कट्रिना पारिश्रमिक नै तय नगरि फिल्म गर्न तयार भएकी थिइन् । 

प्रियंकालाई फिल्मका लागि १२ करोड दिइएको पारिश्रमिक नै कट्रिनाले पाउने भएकी हुन् । प्रति फिल्म ६ देखि ७ करोड करोड लिदै आइरहेकी कट्रिनाले सलमानले ‘भारत’ मा उनलाई १२ करोड पारिश्रमिक दिने निर्णय गरेका छन् । 

अली अब्बास जफरले निर्देशन गर्ने भारत २०१९ को ईदमा रिलिज हुनेछ ।  जाफरले सलमान खानसँग यसअघि २०१६ मा आएको फिल्म 'सुल्तान' र वर्ष २०१७ मा आएको फिल्म 'टाइगर जिन्दा हे' मा सँगै काम गरिसकेका छन्। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै