• २०८१ बैशाख १८ मंगलबार

बीमा समुहको सुुचक उच्च अंकले घट्दा नेप्से प्रभावित

kharibot

काठमाडौं। जीवन तथा निर्जिवन बीमा दुुबै समुहको सुचकमा उच्च बिन्दुुले गिरावट आएपछि आज आईतबार  सिंगो सेयर बजार प्रभावित बनेको छ ।

आज निर्जिवन बीमा समुहको सुचक एक दसमलव पाँच दसमलव ७४ बिन्दुुले घटेको छ भने जीवन बीमा समुहको सुचक एक दसमलव ९३ दसमलव ३७ बिन्दुुले घटेको छ । यि दुुबै समुहमा उच्च गिरावट आउँदा आज नेप्से परिसुुचक १६ दसमलव ६९ अंंकले घटेर ११ सय ६३ दसमलव ९४ बिन्दुमा झरेको छ भने सेन्सिटिभ तीन दसमलव ४३ अंंकले घटेर दुई सय ४५ दसमलव ७० बिन्दुुम झरेको छ । 

नेप्सेमा आज एक सय ६२ कम्पनीहरुको चार हजार एक सय ७६ वटा कारोवारमा सात लाख ८१ हजार पाँच सय ६० कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुुंदा कारोवार रकम २५ करोड दुई लाख २६ हजार चार सय ९१ रुपैयाँ पुुगेको छ । ११ वटा समुहको कारोवार भएकोमा आज टे«डिङ र होटल समुहको सुचकमा सामान्य अंकले सुुधार देखिपनि बाँकी नौ वटा समुहको सुचकमा गिरावट आएको छ । सो मध्ये बाँणिज्य बैक समुहको सुचक ११ दसमलव ८७ अंकले घटेर नौ सय ९७ दसमलव ९५ बिन्दुुमा झर्दा कारोवार रकम सात करोड ७९ लाख ३८ हजार दुुई सय रुपैयाँ पुुगेको छ ।

बिकास बैैक समुहको सुचक पनि १३ दसमलव २२ अंकले घटेर १४ सय तीन दसमलव ९५ बिन्दुुमा झर्दा एक करोड ९८ लाख ६१ हजार सात सय रुपैयाँको सेयर कारोवार भएको छ । यसैगरी जलबिद्युुत समुहको सुचक पनि २१ दसमलव १९ अंकले घटेर १३ सय ८५ दसमलव ३८ बिन्दुुमा झर्दा एक करोड ३८ लाख १५ हजार पाँच सय रुपैयाँको सेयर कारोवार भएको छ । यि बाहेक फाईनान्स, उत्पादनमुुलक, अन्य र लघुबित्त समुहको सुचक पनि आज गिरावट आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको आरम्भ माईक्रो फाईनान्सको प्रतिकित्ता सेयर मुल्य तीन रुपैयाँ ८७ पैसाले बढेर सात सय ५२ रुपैयाँमा कारोवार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको मल्टीपर्पोस फाईनान्सको प्रतिकित्ता सेयर मुल्य १० रुपैयाँले घटेर दुुई सय २५ रुपैयाँमा कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनी प्रतिकित्ता नौ सय १० रुपैयाँमा तीन करोड ७१ लाख ८८ हजार दुुई सय ९१ रुपैयाँको सेयर किनबेच भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै