• २०८१ जेठ ६ आइतबार

काठमाडौँको लाजिम्पाटमा अवैध यौन व्यवसाय सञ्चालन गर्ने दुई पक्राउ

kharibot

काठमाडौँ। महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले पैसाको प्रलोभन देखाई परपुरुषसँग यौन धन्दा चलाउँदै आएका दुई महिलालाई पक्राउ गरेको छ । 

वृत्तको टोलीले कामनपा–२ लाजिम्पाटमा पैसाको प्रलोभन देखाई परपुरुषसँग जबर्जस्ती यौन सम्पर्क गर्न लगाउने ललितपुरकी २८ वर्षीय प्रिया श्रेष्ठ र मकवानपुरकी १८ वर्षीय मन्दिरा तामाङलाई आइतबार पक्राउ गरेको हो । 

वृत्तका प्रमुख दानबहादुर मल्लले पक्राउ परेका महिलालाई मानव बेचबिखन ऐनअन्तर्गत कसुरमा काठमाडौँ जिल्ला अदालतबाट आज म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै