• २०८१ जेठ ६ आइतबार

ओलम्पिक गेम्समा नेपाली खेलाडीलाई जापानले सहयोग गर्ने

kharibot

काठमाडौँ।  जापानमा सन् २०२० मा हुने ओलम्पिक गेम्समा नेपाली खेलाडीलाई सहयोग गर्न जापानको फुकुसिमाको तामुरा सिटीले नेपाल ओलम्पिक कमिटीसँग सम्झौता गरेको छ । 

नेपालका लागि जापानी राजदूत मासामिची साइगोको उपस्थितिमा तामुरा सिटीका तर्फबाट उपप्रमुख कावागौसी नाओयुकी र नेपाल ओलम्पिक कमिटीका तर्फबाट नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले हस्ताक्षर गरे । 

सन् २०२० टोकियो ओलम्पिकमा नेपालबाट सहभागी हुने खेलाडीको प्री गेम्स ट्रेनिङ क्याम्पमा सहयोग गर्ने सम्झौतामा उल्लेख छ । तीनवर्षे सम्झौतामा नेपालका खेलाडीलाई प्रशिक्षणमा सो शहरले वार्षिक रु एक करोड सहयोग गर्नेछ । 

सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा भएको कार्यक्रममा तामुरा सिटीका उपप्रमुखको नेतृत्वमा पाँच सदस्यीय जापानी टोलीको सहभागिता रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै