• २०८१ बैशाख १७ सोमबार

पत्रकार न्यौपानेको पुस्तक 'स्कुल बेच्ने बालक'  बजारमा 

kharibot

काठमाडौँ । पत्रकार दामोदर न्यौपानेको 'स्कुल बेच्ने बालक' सार्वजनिक भएको छ  ।

प्रारम्भिक बाल्यकालका बालबालिकाको मनोविज्ञानलाई अध्ययन गरेर लेखिएको पुस्तक सडक बेच्ने बालक आख्यान हो  ।

आफ्नै छोरो हार्दिकलाई मुख्य पात्रको रुपमा प्रस्तुत गरेका लेखक न्यौपानेले ६ वर्ष मुनिका बालबालिकामा धेरै समस्या हुने कुरा आफ्नै अनुभव भएको बताएका छन् । 

प्रारम्भिक बच्चाको अध्ययन गर्न आफ्नै छोरो विश्वविद्यालय भएको बताएका उनले  बालबालिकालाई सुन्ने, बुझ्ने, र महसुस गर्नुपर्छ भन्नेमा लागि परेको हुनाले साहित्य सिर्जना भन्दा पनि बालबालिकाको क्षेत्रमा अभियान चलाएको न्यौपानेको भनाई छ  ।

भगवान कृष्णले आफ्नो बाल्यकालमा गरेको बदमासी लीला भएको मान्ने हाम्रो समाजले हाम्रो बालबालीकाले गरेको बदमासीलाई झमेला मान्नुहुन्न भन्ने कुरालालाई पुस्तकमा प्रस्ट पारिएको छ  ।

यसै बिच शिक्षा विद् अन्जु भट्टराईले राम्रो लाउँने , मिठो, खाने र राम्रो स्कुलमा पढाउनु मात्र पुर्ण नभएको बताउँदै बालबालिकालाई सम्मान नगरे अझै समाज परिवर्तन नहुने जिकिर गरेकी छिन्  ।

प्रा. डा. विनय कसजुले हाम्रो समाजमा बालबालिबकाको जिम्मा कसैले नलिएको र बालबालिका सम्बन्धि पुस्तक समेत १० प्रतिशत सम्म पनि प्रकाशन नभएकोमा दुख ब्यक्त गदै ,बालबालिकाको क्षेत्रमा राज्यको ध्यान  जान आबश्यक रहेको बताएका छन्  । 

बालबालिका अपार संभावनाको खानी भएको कारण  उनीहरुको कुरा सुन्ने , अपार संभावना प्रस्फुटन गराउँने चुनौतीहरु हरेक अभिभावक र  शिक्षक समेतलाई  भएको तथ्य पुस्तकमा उतारिएको छ । 

शिखा बुकले प्रकाशन गरेको पुस्तकमा  एउटा बालकको  ईच्छा, चाहाना, आवेग, खुसी , दुख , सुख  लगाएतका सबै बिषयलाई उठान गरिएको छ  ।

पत्रकार न्यौपानेको यो पाचौ पुस्तक हो ।
 
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै