• २०८१ बैशाख १७ सोमबार

नागिन फेम मौनी रोय बलिवुडमा जम्दै, राजकुमार रावसँग गरिन् नयाँ फिल्म साइन 

kharibot

मुम्बई । टिभी सिरियल नागिनबाट चर्चामा आएकी अभिनेत्री मौनी रोय देभ्यु फिल्म रिलिज नहुदै चौथो फिल्म साइन गरेकी छन् । 

अक्षयकुमारको फिल्म गोल्डबाट बलिवुडमा डेभ्यु गर्न लागेकी मौनीले अभिनेता राजकुमार रावसँग फिल्म साइन गरेकी छन् । मेड इन चाइना नाम गरेको सो फिल्म कमेडी हुने बताइएको छ । मौनीले साइन गरेको यो तेस्रो फिल्म हो ।

मौनीले रणबीर कपुर, आलिया भट्ट अभिनित फिल्म ब्रह्मास्त्रमा पनि अभिनय गर्दै छिन् भने जोन अब्रहीमसँग पनि एक फिल्म गर्दै छिन् । मेड इन चाइनामा मौनीले राजकुमार रावकी पत्नीको भूमिका निभाउने बताइएको छ । 

मेड इन चाइनालाई गुजराती फिल्मबाट राष्ट्रिय पुरस्कार जितेका निर्देशक मिखिल मुसलेले निर्देशन गर्ने भएका छन् । आगामी सेप्टेम्बरबाट फिल्मको सुटिंग सुरु हुने बताइएको छ । फिल्म अर्को बर्ष रिलिज हुने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै