काठमाडौँ । जुम्लामा अनसनरत डा.गोविन्द केसी काठमाडौँ आउन तयार भएका छन् ।
प्रहरीले उनका समर्थकमाथि लाठी चार्ज गरेपछि डा.केसी, शिक्षा सचिव खराज अधिकारीसहित नेपाली सेनाको हेलिकप्टर लिएर जुम्ला पुगेको सरकारी टोलीसंग काठमाडौँ आउन तयार भएका हुन् ।
शिक्षा सचिवसहित नेपाली सेनाको हेलिकप्टर लिएर जुम्ला पुगेको सरकारी टोलीले डा.केसीलाई जबर्जस्ती काठमाडौँ ल्याउदै छ । डा.केसीलाई सरकारले जबर्जस्ती काठमाडौँ ल्याउने थाहा पाए पछि स्थानीय विद्यार्थी र महिलाहरु प्रतिकारमा उत्रिएका थिए ।
प्रहरीले डा.केसीका समर्थकलाई लक्षित गर्दै कर्णाली अध्ययन प्रतिष्ठानको हातामा अश्रुग्याससमेत प्रहर गरेको थियो ।
यसअघि डा. केसीको स्वास्थ्य विग्रिदै गएकाले उनलाई आजै काठमाडौँ ल्याइने जानकारी शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दिएका थिए ।
डा;केसीलाई जुम्लाबाट काठमाडौँ ल्याएर शिक्षण अस्पताल महाराजगंजमा राखिने भएको छ ।
२०औ दिन अनसन गरिरहेका डा.केसीले पनि आजै एक अडियो विज्ञप्ति जारी गर्दै सरकारलाई गुन्डागर्दी बन्द गर्न चेतावनी दिएका थिए ।
उनले नागरिकको अधिकार खोस्ने अधिकार सरकारलाई नभएको भन्दै माफियाको आडमा आफ्नो अभियान तुहाउन सरकारले यस्तो कदम चाल्न लागेको बताएका थिए ।