• २०८१ बैशाख २० बिहीबार

दार्चुलामा डा.गोविन्द केसीले शुरु गरे दुई दिने सत्याग्रह, के के छन् उनका माग ?

kharibot

काठमाडौँ । डाक्टर गोविन्द केसीले दार्चुलाको सदरमुकाम खलंगामा दुई दिने सत्याग्रह शुरु गरेका छन् ।

डाक्टर केसीले सीमाञ्चलका नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका लागि मंगलबार र बुधबार दार्चुला सदरमुकाम खलंगामा सत्याग्रह शुरु गरेका हुन् ।

डा. केसीले सत्याग्रहमा तीन माग राखेका छन् । उनका मागहरु :  

१) दार्चुला लगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गरियोस् ।

२) भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरु गरियोस् ।

३) गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाइयोस्, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याइयोस् तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गरियोस् । हामीसित यस अगाडि भएका सबै सम्झौता कार्यान्वयन गरियोस् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै