• २०८१ बैशाख १६ आइतबार

एमसीसी र नेदरल्याण्डस टुरका लागि १५ सदस्यीय नेपाली क्रिकेट टिमको छनौट, को को परे ?

kharibot

काठमाडौं । आगामी जुलाई २९ मा लर्ड्स मैदानमा हुने टि-२० र नेदरल्याण्डससँगको सिरिजको लागि १५ सदस्यीय क्रिकेट खेलाडी छनौट गरिएको छ । 

एमसीसी र नेदरल्याण्ड टुरकालागि विकेट किपर ब्याट्सम्यान सुवास खकुरेल टिममा परेका छन् भने विनोद भण्डारी, सुनिल धमला, सुसन भारी र प्रदीप ऐरी वैकल्पिक खेलाडीको सुचिमा परेका छन् । 

धनगढी प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका प्रदीप  ऐरीले टिममा ठाउ बनाउन असफल भएका छन् ।

छनौट समितिमा आसिसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेका छन् । 

आगामी जुलाई २९ मा बेलायतको लर्डसमा हुने त्रिकोणात्मक टि-२० श्रृखंला अघि नेपालले लण्डनको प्रतिष्ठित क्लब हम्पशायर हग्स क्रिकेट क्लबसँग अभ्यास खेल पनि खेल्ने भएको छ । हग्स क्लबसँगको अभ्यास खेल ५० ओभरको हुने र यो खेल जुलाई २१ मा हुने भएको हो ।

अभ्यास खेलपछि  नेपालले मेर्लिबोन क्रिकेट क्लव (एमसीसी) र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक श्रृखंलामा जुलाई २९ अर्थात साउन १३ गते खेल्दै छ । जसलाई आइसीसीले अन्तराष्ट्रिय मान्यता पनि दिएको छ ।

नेपाली राष्ट्रिय टोली विहिवार लन्डन तर्फ जाने भएको छ ।

१५ सदस्यीय खेलाडी यसप्रकार रहेका छन् :

१.    अनिलकुमार शाह 
२.    बसन्त रेग्मी
३.    दिपेन्द्रसिंह ऐरी
४.    ज्ञानेन्द्र मल्ल 
५.    करण केसी
६.    ललित भण्डारी
७.    ललित नारायण राजबंशी 
८.    मोहमद अरिफ शेख 
९.    पारस खड्का (कप्तान)
१०.    रोहित कुमार पौडेल 
११.    सन्दीप लामिछाने 
१२.    शक्ति प्रसाद गौचन 
१३.    शरद भेस्वाकर 
१४.    सोमपाल कामी 
१५.    सुबाश खकुरेल 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै