काठमाडौँ । विश्वकप फुटबलको गोल्डेन बल क्रोसियाका लुका मोड्रीचले जितेका छन् ।
यस विश्वकपमा २ गोल र एक असिस्ट गरेका मोड्रीचले क्रोसियालाई पहिलो पटक फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
त्यस्तै यस विश्वकपको उत्कृष्ट युवा खेलाडीको उपाधि फ्रान्सका किलियन एम्बाप्पेले पाएका छन् । उनले फाइनलसहित कुल ४ गोल गरेका थिए । एम्बाप्पे ब्राजिलका पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने दोस्रो कम उमेरको खेलाडी बनेका छन् ।
त्यस्तै यस विश्वकपको उत्कृष्ट गोलकिपरको उपाधि बेल्जियमका गोल किपर थिबाउट कोर्टियोसले जितेका छन् । कोर्टियोसले एडिडास गोल्डेन ग्लोभस् जितेका छन् ।