• २०८१ बैशाख १५ शनिबार

विश्वकपमा तेस्रो हुदै बेल्जियमद्वारा अहिलेसम्मको ठुलो उपलब्धि हासिल, इङल्याण्ड २-० ले पराजित

kharibot

काठमाडौँ । बेल्जियमले विश्वकप फुटबलको तेस्रो स्थान हासिल गरेको छ ।

शनिबार भएको खेलमा इङल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै बेल्जियम विश्वकपमा तेस्रो भएको हो ।

बेल्जियमले जितसँगै विश्वकप फुटबलमा अहिलेसम्म कै ठुलो सफलता हासिल गरेको छ । यसअघि बेल्जियम सन् १९८६ मा सेमिफाइनलमा पराजित भएर चौथो स्थान हासिल गरेको थियो । 

बेल्जियमको जितमा थोमस मेउनियर र इडेन हजार्डले गोल गरेका थिए । खेलको चौथो मिनेटमा नै मेउनियरले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । 

पहिलो हाफमा १-० को अग्रता लिएको बेल्जियमले दोस्रो हाफको ८२औ मिनेटमा हजार्डले गोल गर्दै बेल्जियमलाई २-० को अग्रता दिलाएका थिए ।

हजार्ड यस विश्वकपमा ७ गोलमा योगदान दिएका छन् । हजार्डले विश्वकपका ६ खेलमा ३ गोल गरेको छन् भने ४ गोल असिष्ट गरेका छन् ।

त्यस्तै विश्वकपमा रोमेलु लुकाकुले बेल्जियमका लागि ४ गोल गरेर विश्वकपको अन्त्य गरेका छन् । त्यस्तै अन्तिम खेलमा गोल गर्दै बेल्जियमका मेउनियर यस विश्वकपमा बेल्जियमका लागि गोल गर्ने दशौ खेलाडी बनेका छन् ।

हारसँगै इङल्याण्ड यस विश्वकपमा चौथो स्थान हासिल गर्दै विश्वकपको अन्त्य गरेको छ ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै