• २०८१ बैशाख २० बिहीबार

रियल म्याड्रिडले भन्यो – ‘नेइमारलाई ल्याउने कुनै योजना छैन’

kharibot

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडले पिएसजीबाट खेल्ने ब्राजिलका फुटबल स्टार नेइमारलाई क्लबमा भित्राउने आफ्नो योजना नभएको बताएको छ ।

नेइमार रियल म्याड्रिड जाने लगातार समाचारहरु प्रकाशित भएपछि रियलले एक विज्ञप्ति प्रकाशित गर्दै नेइमारलाई भित्राउन कुनै पहल नगरिएको र यस्तो मिडिया रिपोर्टमा कुनै सत्यता नभएको जनाएको छ ।

रियलले विज्ञप्तिमा पिएसजीसँग राम्रो सम्बन्ध भएको र यस्तो कुनै प्रस्ताव भएमा दुवै क्लबले स्पष्ट कुरा राख्ने बताएको छ ।

आफ्ना प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोले अचानक क्लब छोडेर इटालियन क्लब युभेन्ट्समा गएपछि रियल म्याड्रिडले रोनाल्डोको ठाउमा नयाँ खेलाडी भित्राउने प्रयास गरिरहेको छ । यस सुचिमा नेइमारको नाम अग्रस्थानमा रहेको बताइएको थियो ।

अब नेइमारलाई कुनै प्रस्ताव नदिएको बताए पछि रियल म्याड्रिडमा जाने अन्य खेलाडीमा अब चेल्सीका इडेन हजार्डको नाम आगाडी आएको छ । हाल विश्वकप खेलिरहेका हजार्डले पनि रियल म्याड्रिडबाट खेल्ने आफ्नो सपना रहेको बताएका थिए ।

त्यस्तै पिएसजीकै किलीयन एम्बाप्पे, टोटनह्यामका ह्यारी केन जस्ता खेलाडीको नाम पनि रियल म्याड्रिडसँग जोडिएको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै