• २०८१ बैशाख १७ सोमबार

टिपर चलाउन बन्द गरेकोमा अग्रज समाजको सरकारलाई धन्यवाद 

kharibot

भक्तपुर । जेष्ठ नागरिकहरुको संस्था अग्रज समाज नेपालले सरकारलाई धन्यवाद व्यक्त गरेकोछ । 

शुक्रबार भक्तपुरस्थित कौसलटारमा आयोजित एक कार्यक्रममा अग्रज समाजले सरकारलाई धन्यवाद दिएको हो  ।

सरकारले दिउँसो ट्रिपर चलाउँन नपाउँने घोषणा गरेसंगै खुसी भएका जेष्ठ नागरिकले सरकारलाई धन्यवाद दिएका हुन्  ।

सोहि कार्यक्रममा यातायता ब्यवस्था विभागका निर्देशक तिर्थराज खनाललाई राम्रो काम गरेको भन्दै अग्रज समाजले सम्मान समेत गरेको छ । 

कार्यक्रममा यातायता व्यवस्था विभागका निर्देशक तिर्थराज खनालले बिहान ८ बजेदेखी बेलुका ५ बजे सम्म ट्रिपर चलाउन रोक गरेको बताउँदै साउन एक गतेबाट यसको पुर्णरुपा लागु हुने जानकारी दिए । सुधारका कार्य हुँदै जादाँ सरकारले धन्यवाद पाउने उनको भनाई थियो  ।

कार्यक्रममा अग्रज समाजका अध्यक्ष माहाप्रसाद पराजुलीले ट्रिपर आतंकबाट आक्रान्त बनेका जनतालाई मलमपट्टीको कामगर्न सरकारले साउन १ गतेबाट घोषणा भए बमोजिम काम नभएर सामुहिक रुपमा सबै बाबु आमा एकै ठाउँ मर्ने भम्कि दिएका छन्  । 

उनले भने “ सरकारले साउन १ गतेबाट बिहान ८ बजेदेखी साँझ ५ बजेसम्म ट्रिपर  चलाउन रोक लगाएकोमा हामीहरु खुसी भएका छौँ , तर लागु भएन भने हामी सबै बाबुआमा एकै साथ मर्छौ ।”

सहअध्यक्ष नयन्द्र बहादुर खड्काले काठमाण्डौँ उपत्यकामा मात्र नभएर देशैभर ट्रिपर आतंक फैलिएको हुनाले उपत्यकामा मात्र नभएर देशैभर नै रातभर मात्र ट्रिपर चलाउने नियम लागु गर्न आग्रह गरेका छन्  ।

ट्रिपरले दैनिक ज्यान लिएको र आतंक मच्चाएको भन्दै, लाईसेन्स दिनेबेला यातायात ब्यवस्था बिभागले बढीभन्दा बढी निगरानी बढाउँनु पर्ने संस्थाकी सह-सचिव सरस्वति रिजालको भनाई थियो  । सरकारले धेरै कुरा घोषणा मात्र गर्ने र लागु नगर्ने भएकाले सरकारलाई धन्यवाद दिन नभएर ब्यवहारमा नै लागु गर्न औला उठाउँन कार्यक्रम आयोजना गरेको रिजालले बताईन्  ।


 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै