• २०८१ बैशाख १७ सोमबार

पोर्चुगलको जितमा रोनाल्डोको निर्णायक गोल, रोनाल्डोले बनाए यस्ता रेकर्ड 

kharibot

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत समुह बि मा पोर्चुगलले पहिलो जित हासिल गरेको छ । 

बुधबार भएको खेलमा मोरक्कोलाई १-० ले पराजित गर्दै पोर्चुगलले यस विश्वकपमा पहिलो जित हासिल गरेको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको एक मात्र गोल गरेका थिए ।

रोनाल्डोले खेलको चौथो मिनेटमा हेड मार्फत गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलम त्यसपछि कुनै गोल भएन र खेल पोर्चुगलले १-० ले जित्यो । 

पहिलो खेलमा स्पेनस्नाग बराबरी खेलेको पोर्चुगल यस जितपछि पोर्चुगलको २ खेलमा ४ अंक भएको छ । भने मोरक्कोले आफ्ना दुवै खेलमा हार बेहोरेको छ । मोरक्को पहिलो खेलमा इरानसँग पनि १-० गोल अन्तरले पराजित भएको थियो । यो हारसँगै मोरक्को यस विश्वकपबाट बाहिरिने पहिलो देश बनेको छ ।

रोनाल्डोको रेकर्ड :

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले यस विश्वकपमा चौथो गोल गरेका छन् । 

पहिलो खेलमा स्पेनविरुद्ध ह्याट्रिक गरेका रोनाल्डोले दोस्रो खेलमा मोरक्कोविरुद्ध खेलको चौथो मिनेटमा गोल गर्दै यस विश्वकपमा आफ्नो चौथो गोल गरेका हुन् । यस अघिका तीन विश्वकपमा कुल ३ गोल गरेका रोनाल्डोले यस विश्वकपमा ४ गोल गरेर विश्वकपमा आफ्नो गोल संख्या ४ पुर्याएका छन् ।

यस गोलसँगै रोनाल्डोले कैयौ रेकर्ड पनि बनाएका छन् ।

१.    रोनाल्डो पोर्चुगलका सन १९६६ मा जोसे टोरेज पछि एकै विश्वकपमा दाहिने खुट्टा, देब्रे खुट्टा र हेड मार्फत गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
२.    रोनाल्डो फुटबलको इतिहासमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने युरोपियन खेलाडी बनेका छन् । रोनाल्डोले पोर्चुगलका लागि १५२ खेलमा ८५ गोल गरेका छन् ।
३.    रोनाल्डोले तीन विश्वकपमा हानेका ७० शटमा ३ गोल गरेका थिए भने यस विश्वकपमा ६ शटमा ४ गोल गरेका छन् ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै