नोम्पेन्ह । कम्बोडियाली राजकुमार नोरोडन रानारिध र उनकी श्रीमती आइतबार बिहान सडक दुर्घटनामा परी घाइते भएका छन् ।
उनीहरुलाई विपरीत दिशाबाट आएको ट्याक्सीले धक्का दिएको बताइएको छ । उनीहरुको अवस्था गम्भीर नरहेको र उपचाररत रहनुभएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।
उनीहरु कम्बोडियाको दक्षिणपश्चिमी पेराह सिंहानुक प्रान्तको एक सडकमा सवारीमा थिए । आइतबार बिहान स्थानीय समयअनुसार ९ बजे उनीहरुको सवारीलाई धक्का दिएको थियो ।
राजकुमारको देब्रे हातमा चोट लागेको छ । उनीहरु दुवै जना खतरामुक्त रहेको उक्त प्रान्तका प्रहरी प्रमुख र उनको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
सुरक्षा अधिकारीहरुले उनको सवारीसाधनलाई ठक्कर दिने ट्याक्सीलाई नियन्त्रणमा लिएर कारबाही थालिएको पनि प्रहरी अधिकारीले जनाएका छन् ।