• २०८१ बैशाख १७ सोमबार

कम्बोडिया भ्रमणबाट स्वदेश फर्किए एमाले अध्यक्ष ओली

kharibot

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केका छन् ।

गत साउन २ सोमबार निर्वाचनको पर्यबेक्षण गर्नका लागि कम्बोडिया गएका ओली एक सातापछि स्वदेश फर्किएका हुन् ।

सोमबार राती स्वदेश फर्केका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, बिष्णु पौडेललगायतका पार्टीका शिर्ष नेताहरुले स्वागत गरेका थिए ।

कम्बोडियामा हालै सम्पन्न निर्वाचनको पर्यबेक्षण गर्न बिशेष अतिथिको रुपमा अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, राजन भट्टराईसहित  सचिवालयका अन्य सदस्यहरू सो भ्रमण टोलीमा सहभागी थिए ।

एक साता लामो कम्बोडिया बसाइका क्रममा उनले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसहित सरकारी उच्च अधिकारीसँग पनि भेट गरेका थिए। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै