• २०८१ बैशाख १७ सोमबार

काँग्रेसमा देउवाविरुद्ध पौडेल र सिटौला एक ठाउमा, युवा नेताहरुको पनि साथ 

kharibot

काठमाडौँ । निर्वचनमा पाएको पराजय पछि नेपाली काँग्रेसमा विभिन्न गुटउपगुटको गठजोड सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आउदो महाधिवेशनसम्म नेतृत्व पनि नछोड्ने संकेत गरेपछि उनका विरोधी गुटका नेताहरु सोमबार एउटै मन्चमा देखिएका छन ।

केही युवा नेताहरुले निर्वाचनमा पराजयको अबजस लिँदै सभापति शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने अडान समेत लिएपनि सभापति देउवाले त्यसलाई खारेज गर्दै आएका छन् । 
यसैबीच प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएपछि कमजोर बनेका वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौला पहिलो पटक एउटा कार्यक्रममा एकसाथ देखिएका छन् । 

देउवामाथि दबाब बढिरहेका बेला चुनावी प्रतिस्पर्धामा पछारिएका दुवै नेता सोमबार राजधानीमा नेबिसंघले गरेको एउटा कार्यक्रममा एकसाथ देखिएनन् मात्रै एकै ठाउँ रहेको सन्देश पनि दिए । 

सोमवार काठाडौमा नेपाल विद्यार्थी संघको काठमाडौ जिल्ला कार्यसमितीले आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेल, सिटौला, अर्का नेता प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले विद्यार्थी र कार्यकर्तामाझ एक रहेको सन्देशसहित एकसाथ हात उठाउँदा गगन थापा, नवीन्द्रराज जोशी र प्रदीप पौडेलहरुले ताली पिटेर आफुहरु पनि साथ रहेको संदेश दिएका थिए । 

पार्टीको सभापतिमा देउवाविरुद्ध सभापतिमा लडेका दोस्रो ठुलो गुटका पौडेल र तेस्रो धारबाट सभापतिमा लडेका सिटौला तथा देउवा गुटबाट महामन्त्री लडेका अर्जुननरसिंह केसी र पछिल्लो समय देउवाविरुद्ध आक्रामक बन्दै आएका गणेशमान पुत्र प्रकाशमान पनि सोहि मन्चमा देखिए । 

देउवाले पार्टी पुनर्संरचना र नेतृत्व हस्तान्तरणमा इच्छा नदेखाएको अहिलेको अवस्थामा यी नेता एकै ठाउँमा उभिएर थप दबाब दिने प्रयास गरेका छन् । 

नेविसंघ काठमाडौँले गरेको ‘अवको काग्रेस र युवा विद्यार्थीको भूमिका’ अन्तरक्रिया कार्यक्रमको नाममा एकै ठाउँ उभिएका यी नेताले वाम सरकारले अधिनायकवाद ल्याउन लागेको भन्दै एकातिर चर्को आलोचना गर्दै आफ्नै सभापतिको पनि कडा आलोचना गरे । 

कांग्रेसका नेताहरुले वाम घटकको वर्तमान सरकार अधिनायकवाद तर्फ उन्मुख रहेको भन्दै संघीयता र समावेशीता धरापमा पर्न थालेको आरोप पनि लगाएका छन । 

विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै नेताहरुले सरकारको अधिकारवाद र पार्टी भित्र देखिएको समस्याविरुद्ध एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । वरिष्ठ नेता पौडेलले वर्तमान कम्युनिष्ट सरकार बनेदेखि नै अधियानकवाद सुरु भएको भन्दै त्यो काग्रेसलाई मान्य हुन नसक्ने बताए । उनले यति भनिरहँदा देउवामाथि पनि आक्रमण गर्न पछि परेनन् । ‘हाम्रै पार्टी भित्र पनि धेरै समस्या देखिएको छ’, उनले भने, ‘ती समस्याको समाधानामा सभापतिजीको ध्यान पटक्कै जान सकेको छैन ।’

अर्का नेता सिटौलाले समेत वर्तमान सतारुढ घटकका कारण मुलुक द्वन्द्वमा फस्ने खतरा बढ्दै गएको बताए । उनले त्यस क्रममा वाम घटकको प्रतिकारका लागि कांग्रेसल बलियो हुनुपर्नेमा जोड दिए । 

त्यस्तै नेता सिंहले पनि पार्टी सभापति देउवामाथि आरोप लगाउदै भने, ‘देउवाका कारण कांग्रेसले सशक्क्त रुपमा वर्तमान सरकारको प्रतिरोध गर्न सकेको छैन’, पार्टीमा पनि सभापति अधिनायकवाद लादेको भन्दै आक्रोशित हुँदै उनले भने, ‘देशमा कम्युनिष्ट र पार्टीमा सभापतिको अधिनायकवाद लाद्न थालिएको छ । यो दुवैविरुद्ध संघर्ष गर्नुको विकल्प छैन ।’ 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय