काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका सांसद खगराज अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अवरोध पुर्याउनेलाई कारवाही गर्न माग गरेका छन् ।
संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद अधिकारीले अहिले पोखरामा अन्तर्राष्ट्रिय विमास्थल बन्न सक्दैन भन्ने किसिमका अभिव्यक्ति सार्वजनिक रुपमा आएको भन्दै यस्तो अभिव्यक्ति दिनेलाई तत्काल कारवाही गर्न सरकारसँग माग गरेका छन् ।
सांसद अधिकारीले जनताले सस्तो दरमा मुआब्जा लिएर विनास्थल बनाउन सहयोग गरेको अवस्थामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दैन भन्ने रिपोर्ट आउनु दुर्भाग्यपूर्ण भएको भन्दै विकास विरोधी तत्वलाई कारवाही गर्न माग गरेका छन् । उनले अन्तराष्ट्रिय विमानस्थलको निर्माणमा विकास विरोधीतत्वको घुसपैठ भएको भन्दै त्यस्ता विकासविरोधी तत्वलाई तत्काल कारवाही गर्न माग गरेका छन् ।
पर्यटन मन्त्रालयलाई पनि तत्काल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे आएको अन्योलपूर्ण अभिव्यक्तिलाई प्रष्ट पार्न पनि आग्रह गरेका छन् ।