• २०८१ बैशाख १५ शनिबार

शंकास्पद रूसी हवाई आक्रमणबाट सिरियामा मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

kharibot

बेरुत । विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तरपश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी जनाको मृत्यु हुनेको सङ्ख्या ४४ पुगेकोे छ । आक्रमणमा कैयौँ नागरिक सख्त घाइते भएको बताउँदै मृतक सङ्ख्यामा केही वृद्धि हुनसक्ने बताए । 

शंकास्पद रूसी सेनाले गरेको आक्रमणमा परी ती नागरिकहरूको मृत्यु भएको बेलायतमा कार्यालय रहेको मानव अधिकार अनुगमन समहको कार्यालयले शुक्रबार जनाएको छ । 
उत्तरपश्चिमी इडलिव प्रान्तको जार्डानमा बिहीबार अवेर आक्रमण भएको बताइएको छ । मानवअधिकारवादी अनुगमनकर्ता समूहका अनुसार मारिएका मध्ये पाँच जना बालबालिका रहेका छन् । 

जार्दना इस्लामिक विद्रोहीहरूको कडा नियन्त्रण रहेको ठाउँ हो । त्यहाँ सिरियाको अलकायदाका पूर्व सदस्यहरूको नेतृत्वमा रहेको हायात तहरिर अल साम गठबन्धनको पनि उपस्थिति रहेको छ । रातीको सो घटनामा परी दर्जनौ मानिसहरू घाइते भएका र उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । घाइते हुनेमा महिला, बालबालिका, वृद्धवृद्धा तथा उद्धारकर्ताहरूसमेत रहेका छन् । 

गत सन् २०१५ देखि सिरियाका केही क्षेत्रहरूमा रुसले हस्तक्षेप गर्दै आएको छ । सिरियामा भइरहेको युद्धमा परी अहिलेसम्म तीन लाख ५० हजारभन्दा बढीको मृत्यु भएको छ ।सिरियामा सन् २०११ देखि सरकार विरोधी प्रदर्शनसँगै विद्रोही गतिविधिहरू सुरु भएका हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै